स्याङ्जा ६ भदौ । विश्व हिन्दु युवा संघ स्याङ्जाले अर्जुनचौपारी गाउँपालिकामा पुस्तकालय स्थापना गरेको छ । पालिकाको कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो ।
जिल्लाका हरेक पालिकामा एक आध्यात्मिक ,सनातन धर्म संस्कृतिको जगेर्ना ,बालबालिका ,युवा केन्दृत सहितको पुस्तकालय स्थापना गर्ने उदेश्यले विश्व हिन्दु युवा संघले यसको सुरुवात अर्जुनचौपारीबाट गरेको विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले बताउनुभयो । पुस्तकालयको माध्यमबाट मानिसहरुमा पढ्ने बानिको बिकास गर्न खोजिएको पौडेलले बताउनु भयो ।
पुस्तकालयमा झण्डै ७०० वटा नेपाली ,संस्कृत ,अङ्ग्रेजी भाषाका पुस्तक राखिएका छ्न। पुस्तकालयमा बिद्यार्थी ,युवा,बृद सबै जना आएर पढ्न मिल्ने पालिकाका अध्यक्ष प्रकाश तिवारीले भन्नुभयो । शिक्षा सुधारको पुस्तकालय स्थापना गर्नु अत्यन्तै महत्वपुर्ण कार्य रहेको उहाले बताउनु भयो ।
पुस्तकालय कार्यालय समय भरी खुल्ने भएकाले पुस्तकालयको रेखदेख ब्यबस्थापनको जिम्मेवारी समेत पालिकाले नै लिने भएको छ । बिश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्ला भरी हरेक पालिकालाई नैतिक तथा संस्कार शिक्षा लागू गराउन अपिल गरेको छ ।