काठमाण्डौं १५ साउन । भारतमा भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिसँग भेटवार्ता गरेपछि चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाने तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गर्न नसकिने बताउनुभयो । चीनले कुनै पनि विदेशी अधिकारी र दलाई लामाबीचको सम्पर्कको विरोध गर्ने उहाँले बताउनुभएको छ । अमेरिकाले आफ्नो प्रतिबद्धतामा कायम रहनुपर्नेमा पनि चीनले जोड दिएको छ । चीन आफ्नो हितको रक्षाका लागि हरेक कदम उठाउन तयार रहने विदेश मन्त्री झाओले बताउनुभयो ।
Monday, December 8
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
