Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अपाङ्गताका सवालहरु नगरको प्राथमिकतामा छ — प्रमुख खाँण
    वालिङ् नगरपालिका

    अपाङ्गताका सवालहरु नगरको प्राथमिकतामा छ — प्रमुख खाँण

    Syangja SandeshBy Syangja SandeshSeptember 4, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ, १८ भदौ । अपाङ्गताका सवाललाई वालिङ नगरपालिकाले प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ ।

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र द एशिया फाउण्डेशनको सहयोगमा स्थानीय सरकार सवलीकरण परियोजना अन्तर्गत स्याङ्जा अपाङ्ग समाजको साझेदारीमा समाजले शनिवार वालिङमा आयोजित अपाङ्गता समावेशी विकास कार्यक्रममा अपाङ्गता सवाललाई प्राथमिकता दिने नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।

    परियोजना सञ्चालनका क्रममा प्राप्त भएका सुझावहरुलाई कार्यान्वयनमा लैजाने प्रमुख खाँणले बताउनुभयो । स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रम अन्तर्गत वालिङमा पैरवी समूह गठन गरिएसँगै अपाङ्गता सम्बन्धीका गतिविधिहरुमा क्रियाशील रहेको, समूहको आन्तरिक तथा सरोकारवाला पक्षहरुसँग अभिमुखीकरण कार्यक्रमहरु सम्पन्न गरिएका छन् ।

    परियोजनामार्फत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु यातायात ब्यवसायी, उद्योगी तथा ब्यापारी, वालिङ नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्य संस्थाका प्रमुखहरुसँग अभिमुखीकरण कार्यक्रम गरिसकेको छ ।

    परियोजनाको अवधि समाप्ति हुन थालेकाले बाँकी रहेका सरोकारवाला पक्ष तथा निकायहरुसँगको समन्वयात्मक बैठक तथा अन्तरक्रिया सञ्चालन गर्ने तयारी भईरहेको गरेको समाजका अध्यक्ष राम शर्मा पोख्रेलले बताउनुभयो ।

    परियोजना सञ्चालनका क्रममा विभिन्न निकायबाट गरिएका प्रतिवद्धताहरुको कार्यान्वयनमा जोड दिईएको परियोजनाका फोकल पर्सन युवराज पराजुलीले बताउनुभयो ।

    यसअघि गरिएका प्रतिवद्धताहरुमध्ये वालिङ नगरपालिका कार्यालय परिसरलाई पूर्ण अपाङ्गतामैत्री (¥याम, टेक्टायल, सङ्केत बोर्ड, सहज प्रवेश द्वार, अपाङ्गतामैत्री शौचालय, पार्किङ स्थल) बनाउने, आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत नीति तथा कार्यक्रम बजेट वक्तब्य बमोजिम बजेट विनियोजन गर्ने विभिन्न लक्षित वर्गलई एकमुष्ट नराखी अपाङ्गतालाई स्पष्ट किटान हुने गरी विनियोजन गर्ने, राष्ट्रिय जनगणना २०७८ अनुसार नगरपालिकामा १२८१ जना अपाङ्गता भएको देखिएको तर हालसम्म ५१७ जनाले मात्रै अपाङ्गता परिचय पत्र प्राप्त गरेकाले अपाङ्गता पहिचानकालागि वडास्तरमा वितरण शिविर आयोजना गर्ने, आयआर्जनकालागि तालिम तथा उत्पादित सामग्रीको बजारीकरणको ग्यारेन्टी नगरपालिकाले गरिदिनुपर्ने रहेको छ ।

    अपाङ्गता भएका बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्ने, सहायक सामग्री र उपयुक्त शैक्षिक सामग्रीको ब्यवस्था गर्ने, अन्तिम चरणमा रहेको अपाङ्गतामत्रै नागरिक बडापत्र तत्काल प्रयोगमा ल्याउने, स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयनकालागि भईरहेको समन्वय तथा सहकार्यलाई निरन्तरता दिने, अपाङ्गता क्षेत्र ब्यवस्थापन, मुख्य मुख्य समस्या पहिचान गरी सुझाव पेश गर्नकालागि जनप्रतिनिधिसमेतको सहभागितामा बढीमा पाँच सदस्यीय कार्यदल गठन गरी प्राप्त सिफारिस बमोजिम थप कार्ययोजना तयार गरी कार्यान्वयन गर्नकालागि सुझाव दिईएको छ ।

    अपाङ्गता समावेशी अभियानमा सहयोग पु¥याएकोमा वालिङ नगरपालिकालाई सम्मानस्वरुप समाजले मायाको चिनो प्रदान गरेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.